काठमाण्डाै –
रामेछापकाे सुनापति गाउँपालिकाले आउँदाे बिहीवार सार्वजनिक बिदा दिएकाे छ ।
गाउँपालिकाकाे नवनिर्मित प्रमुख प्रशासकीय भवनकाे उद्घाटन गर्न प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड आउने भएकाले बिहीवार सार्वजनिक बिदा दिएकाे गाउँपालिकाले जनाएकाे छ । त्यस दिन गाउँपालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिने निर्णय भएकाे सूचनामा उल्लेख छ ।




