चितवन,पुस २०
भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घाटन फागुन १८ अर्थात् मार्च १ तारिख हुने भएको छ । भरतपुर महानगरपालिकाको शुक्रबार बसेको ९० औँ कार्यपालिका बैठकले पूर्वनिर्धारित तालिकाअनुसार नै सन् २०२४ भर विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । यो निर्णय आगमी १४ औँ नगर सभाले अनुमोदन गर्ने छ ।
नगर सभाको १४ औँ अधिवेशनबाट पुरक बजेट परित गर्ने निर्णय पनि भएको शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो। यस्तै गत आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत सञ्चालित योजनाहरुको म्याद थप नगर्ने निर्णय पनि गरेको छ । भरतपुर महागनरपालिको १४ औँ नगर सभा भरतपुर २८ को गोलाघाटमा गर्ने तयारी गरिएको छ । यस अघि भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडेटेरियम हलमा हुने गरेको नगर सभा पश्चिम चितवनको पर्यटकीय स्थल गोलाघाटमा हुन लागेको हो ।



