पुस २२-
मनाङको ङिस्याङ गाउँपालिका–९ खाङसारस्थित सोनाम गुरुङको घरमा काम गरी बस्ने गोरखा नगरपालिका–६ हरमटारी घर भएका ४० वर्षीय उत्तम गुरुङ उक्त घरको स्टोर रुममा शनिवार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै सिन्धुली, फिक्कल गाउँपालिका–५ रजे गाउँ बस्ने ७४ वर्षीय मन बहादुर बुढाथोकी घर नजिकै आफ्नै बारीमा शनिवार मृत अवस्थामा फेला परेका छन् । बारीको कान्ला खन्न गएका उनको ढिस्कोले पुरिएको अवस्थामा शव फेला परेको हो ।



