नेपाल पशुपन्छी औषधी व्यवसायी संघको १४औँ राष्ट्रिय महाधिवेशन तथा ३३औँ वार्षिक साधारण सभा चितवनमा हुँदै

images
  • 179
    SHARES
  • पौष २२, २०८० आइतबार
    नेपाल पशुपन्छी औषधी व्यवसायी संघको १४औँ राष्ट्रिय महाधिवेशन तथा ३३औँ वार्षिक साधारण सभा चितवनमा हुँदै
    images

    भरतपुर

    नेपाल पशुपन्छी औषधी व्यवसायी संघको १४औँ राष्ट्रिय महाधिवेशन तथा ३३औँ वार्षिक साधारण सभा चितवनमा हुने भएको छ । पुस २४ र २५ गते हुने अधिवेशनको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्ने कार्यक्रम छ । 

    414133402_384963283942882_181676499201472126_n.jpg

    महाधिवेशनमा सात प्रदेश र २२ वटा शाखाबाट महाधिवेशन प्रतिनिधि, कम्पनी प्रतिनिधि, परिवेक्षक, संघसंस्था प्रतिनिधि एवम् नियमनकारी निकायका प्रतिनिधि गरी एक हजार जना सहभागी हुने छन् । महाधिवेशनमा भने ४८१ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने नेपाल पशुपन्छी औषधी व्यवसायी संघका अध्यक्ष पूर्णचन्द्र सापकोटाले बताए ।

    महाधिवेशनबाट एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष, एक महिला सदस्य, चार खुल्ला सदस्य, सातै प्रदेशबाट एक/एक जना सदस्य, मनोनित एक जना सदस्य र निवर्तमान अध्यक्ष पदेन रहने गरी २१ सदस्यिय नयाँ कार्यसमिति दुई वर्षे कार्यकालको लागि निर्वाचित हुने छ ।

    414592648_1136272764026754_1489763909579814795_n.jpg

    नेपालमा करिब २० वटा कम्पनीले भेटेरीनरी औषधी, भ्याक्सिन र फिड सप्लिमेन्टहरु उत्पादन तथा विक्री वितरण गर्दै आएका छन् । करिब १४० को हाराहारीमा पैठारीकर्ताले औषधी भ्याक्सिन तथा फिड सप्लिमेन्ट्सहरु पैठारी गरी विक्री गर्दै आएका छन् । भेटेरीनरी औषधी फिड सप्लिमेन्ट तथा औषधीजन्य पदार्थहरुको बजार बार्षिक १३ अर्ब रुपैयाँ पुगेको नेपाल पशुपन्छी औषधी व्यवसायी संघका महासचिव नारायण बहादुर भुजेलले बताए ।

    पशुपन्छी औषधी, भ्याक्सिन तथा फिड सप्लिमेन्टको कुल माग मध्ये २० प्रतिशत माग मात्र स्वदेशी उत्पादनले धानेको छ भने बाँकी ८० प्रतिशत विदेशबाट आयात हुने गरेको छ । नेपालमा पशुपन्छीको स्वास्थ्य उपचार पद्धतीमा चाहिने अत्यावश्यक तथा जीवनरक्षक औषधी, एण्टीवायोटिक्स, सुईजन्य औषधी लगायतको चरम अभाव रहेको भुजलले बताए । त्यस्ता औषधीहरु उत्पादन तथा दर्ताका लागि सरकारले वातावरण बनाउनुपर्ने उनी बताउँछन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend