नेपाल मगर महिला व्याडमिन्टन प्रतियोगितामा झेर्नी मगर समाज प्रथम

images
  • 132
    SHARES
  • पौष २२, २०८० आइतबार
    नेपाल मगर महिला व्याडमिन्टन प्रतियोगितामा झेर्नी मगर समाज प्रथम
    images

     देवघाट पुष २२

    मगरहरूको महान पर्व माघे संक्रान्तिको अवसरमा नेपाल मगर महिला संघ जिल्ला समिति चितवनको आयोजना र मैत्री सयुव स्टोर्स भरतपुरको सहयोगमा आइतबार दोस्रो मगर महिला व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । सोही प्रतियोगितामा झेर्नी मगर समाज प्रथम भएको हो ।

    मगर महिलाहरुलाई खेलकुदप्रति आकर्षित गराई थप सक्रिय गराउने उद्देश्यले मगर महिला संघले दोस्रो पटक खेलकुद प्रतियोगिता आयोजना गरिएको मगर संघकी सचिव लक्ष्मीदेवी थापामगरले जानकारी दिएकी थिइन्। प्रतियोगिता (डबल)मा भरतपुर–९ स्थित झेर्नी मगर समूह (ख) बाट लीना रानामगर र सुनमाया रानामगर प्रथम भएका हुन् ।

    लाङ्घाली मगर समाज भरतपुर–१ का मनु रानामगर र सीमा थापामगरलाई २१–१४ र २१–१८ ले पछि पार्दै झेर्नी मगर समाजले प्रथम स्थान हासिल गरेको हो । झेर्नी मगर समाजले नगद सात हजार रूपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै गरि दोस्रो स्थानमा रहेको लाङ्घालीले नगद पाँच हजारसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।

    चन्द्र एकता मगर समाजका हीरा आलेमगर र रूपा थापामगर तथा मनकामना मगर समाजका सुस्मिता थापामगर र योगिशा रानामगरले तेस्रो स्थान हासिल गरेका छन् । तेस्रो स्थान हासिल गरेका दुवै समूहलाई नगद तीन हजार रूपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियोे । विजेता समूहलाई नेपाल मगर खेलकुद संघका केन्द्रीय कोषाध्यक्ष एवम् नेपाल व्याडमिन्टन संघ चितवनका उपाध्यक्ष मानबहादुर रजालीमगरको हातबाट पुरस्कृत गरिएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend