तनहुँ
देवघाट गाउँपालिका वडा नम्बर २ स्थित बैदीमा रहेको श्री कालीगंगा माविको नव-निर्मित चारकोठे पक्की भवनको आज एक कार्यक्रम बीच प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापामगरद्वारा समुद् घाटन गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष तिल बहादुर थापामगरले गाउँपालिका भित्रका विद्यालयहरुले विगतका दिनहरू भन्दा अहिले क्रमिकरुममा सुधार हुँदै शिक्षा क्षेत्रको बिकासले गति लिएको बताउनुभयो।साथै अध्यक्ष थापामगरले गाउँपालिका र आफ्नो व्यक्तिगत तर्फबाट शिक्षा गुणस्तरको लागी सवै संग समन्वय गरी निरन्तर अगाडी बढ्ने समेत बताउनुभयो।
सो भवन निर्माणको लागी जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा तनहुँको सहयोगमा आर्थिक वर्ष २०७६/०७७ दोस्रो चरणको स्वीकृत कार्यक्रम अनुसार यस विद्यालयलाई ४ कोठे आर.सि.सि. पक्की भवन निर्माण गर्न स्वीकृत पाएको थियो। साथै सो भवन निर्माणकार्यको लागी लागत अनुमान रकम कन्टेन्जीन्सी बाहेक रु.७२,७६,२१०.९९ पैसा र कन्टेन्जीन्सी सहित रु ७३,४८,९७३.१० पैसा लागतमा भवन निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर बाचेमगरले जानकारी दिएको थियो।
कार्यक्रममा विशिष्ट अतिथि देवघाट गाउँपालिला शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने,अतिथि देवघाट २ वडा अध्यक्ष मिन बहादुर रानामगर,२ वडा सदस्य पोल बहादुर आलेमगर, युवराज थापामगर,बालकुमारी परियार,गाउँपालिकाका पुर्व उपाध्यक्ष बिमला थापामगर,छिपछिपे टोलबिकास संस्थाका अध्यक्ष रविन्द्र गुरुङ लगायतको उपस्थिति रहेको थियो।



