चितवनको भरतपुरमा बोराभित्र फेला परेका दुई शवको पहिचान डेढ महिना पछि खुल्यो

images
  • 338
    SHARES
  • पौष २३, २०८० सोमबार
    चितवनको भरतपुरमा बोराभित्र फेला परेका दुई शवको पहिचान डेढ महिना पछि खुल्यो
    images

    पुस २३-

    चितवनको भरतपुर महानगरपालिका १२ मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गको कल्भर्ट मुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका मृतकको पहिचान खुलेको छ। घटनाको ४६ दिन पछि मृतक र हत्यामा संलग्न दुवै पक्षको पहिचान भएको हो। घर भारत भई भरतपुरमा व्यापार गरी बस्दै उनीहरु नाताले श्रीमान श्रीमती हुन्। घटनाका पीडक भने भारतमै रहेको खुलेको छ।

    पीडकले पहिला श्रीमान् र पछि श्रीमतीलाई सलले बाँधेर हत्या गरेको खुलेको छ। भरतपुर महानगरपालिका १२ स्थित मिलनचोकको कल्भर्ट मुनि बोरा भित्र बाँधिएको अवस्थामा गत मंसिर ६ गते एक पुरुष र महिलाको शव फेला परेको थियो। घटना पछि सिआइबी, प्रदेश प्रहरी र चितवन प्रहरीको संयुक्त प्रयासमा अनुसन्धान भएको थियो। २ पटकसम्म मृतकको शव स्केच सार्वजनिक गरिएको थियो। चितवन प्रहरीले पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend