अनिश्चितकालीन युद्धविरामको घोषणा तालिबानद्वारा

images
  • 85
    SHARES
  • जेठ २१, २०७९ शनिबार
    अनिश्चितकालीन युद्धविरामको घोषणा तालिबानद्वारा
    images

    एजेन्सी 

    पाकिस्तानको तालिबान समूहले  सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा गरेको छ । अफगानिस्तानको तालिबान सरकारको मध्यस्थतामा वार्ता भएपछि पाकिस्तानी तालिवानले युद्धविराम घोषणा गरेको हो । 

    taliban1626322145_20220206123031.jpg

     

    दी पाकिस्तानी तालिबान (टीटीपी) ले काबुलमा भएको वार्तामा पर्याप्त प्रगति भएको र अर्को सूचना नभएसम्मका लागि युद्धविराम लम्बिएको जनाएको छ । पाकिस्तानी सरकारी अधिकारीले वार्ता सकारात्मक दिशामा अघि बढेको जनाएको छ । टीटीपीले पाकिस्तानको सशस्त्र फौजसँग वर्षौंदेखि लडिरहेको छ । 

    टीटीपीले अफगानिस्तानको सिमानामा रहेको पाकिस्तानी क्षेत्रहरूमा शरिया कानूनको कठोर ढंगले लागू गर्न चाहन्छ । पहाडी क्षेत्र लामो समयदेखि चरमपन्थी गतिविधिको केन्द्र बनेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend