नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने एमाले अध्यक्ष केपी शर्मा ओलीको मति अझै नसुध्रिए छैन

images
  • 120
    SHARES
  • पौष २५, २०८० बुधबार
    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने एमाले अध्यक्ष केपी शर्मा ओलीको मति अझै नसुध्रिए छैन
    images

    काठमाडौँ ।

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको मति अझै नसुध्रिएको टिप्पणी गरेका छन् । पार्टी निकट विद्यार्थी विशेष कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै मति ठिक नभएसम्म कम्युनिस्टहरू मिल्ने भनेर नहुने तर्क गरे ।

    उनले भने, ‘ओली राष्ट्रिय सभाको चुनावको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कहाँ गएर हामीलाई ६ सीट दिनुस्, काँग्रेसलाई १३ सीट दिनुस् तपाई ५ सीट लिनुस् भनेछन् । एकीकृत समाजवादीलाई जिरो सीट दिने रे । भनेपछि अझै उनको मति सप्रिएको छैन। कम्युनिस्टहरू मिलुन् मात्रै भनेर हुँदैन ।’

    विचार, दृष्टिकोण र व्यवहार गलत भएसम्म देश र जनतालाई केन्द्रविन्दुमा राखेर जुध्न तयार रहेको बताए । ओलीले ‘प्रचण्ड’माथि हैकम चलाउन खोजेपछि एमाले नेतृत्वको गठबन्धन नटिकेको स्मरण समेत गरे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend