२५ बुधबार
श्री चक्रवती आधारभुत बिद्यालयको ३३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

बुधबार बिद्यालयको प्राङगणमा भएको सो कार्यक्रममा बोल्दै देवघाट गाउँपालिका वडा नम्बर ५ सदस्य बुद्धि बहादुर पाण्डेले आफ्ना बालबालिकाको शैक्षिक गुणस्तरमा बुद्धिका लागि अभिभावकले चासो देखाउन र बालबालिकाको पढाई अवस्था बुझ्न बिद्यालयमा आउन आग्रह सहित ध्यानाकर्षण गराएका थिए। साथै उहाँले शिक्षकहरुलाई आफनो दायित्व पूण रुपमा पुरा गर्न समेत आग्रह गर्नु भएको थियो।

सो बार्षिकोत्सवमा देवघाट गाउँपालिकाका वडा नम्बर ५ सदस्य याम बहादुर मगरको बिषेश अतिथिमा देवघाट गाउँपालिकाका प्रसाशन शाखा प्रमुख गोविन्द प्रसाद पौडेलको विशिष्ट अतिथीमा , महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शुभद्रा भट्टराई , सिता सामुदायिक वनका अध्यक्ष भानुुभक्त न्यौपानेसुनदरशिल टोल विकास संस्थाका अध्यक्ष दुर्गा लाल गरुुङको अतिथ्य ,समाजसेवी प्रेम बहादुर गुरुङ ,देवघाट महिला सञ्जालका अध्यक्ष राधा देवी खनाल चक्रवती आधारभूत विद्यालयका पूर्व प्र.अ कमला अधिकारी तथा विद्यालय शिक्षक शिक्षिका ,आभिभावकहरु लागायतको उपस्थिति रहेको थियो।

बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद पौडेलको सभाध्यक्षमा भएको सो कार्यक्रम सोहि विद्यालयका शिक्षक अर्जुन शुवेदिले सञ्चालन गर्नु भएको थियो ।



