वाल विवहा रोकथाम तथा वाल अधिकार सम्वन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

images
  • 148
    SHARES
  • पौष २६, २०८० बिहीबार
    वाल विवहा रोकथाम तथा वाल अधिकार सम्वन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
    images
     
    तनहुँ,
    सम्मुनत देवघाटको आधार धार्मिक पर्यटन कृषि र सम्पन्न पूवधार भन्ने मुल नाराका साथ देवघाट गाउँपालिकाकाद्वारा गाउँपालिका सिटीहलमा आयोजना गरिएको वाल विवहा रोकथाम तथा वाल अधिकार सम्वन्धी २ दिने अभिमुखीकरण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।418579266_356661413667146_3944731868391874062_n.jpg
     
    सो कार्यक्रमलाई सम्बोधन गर्दै देवघाट गाँउपालिका अध्यक्ष तिलबहादुर थापामगरले सन् १९९० मा जेनेभामा विश्वका सवै राष्ट्रहरुको सहभागिता बीच बसेको बैठकमा बल अधिकार लागु गर्ने र बालबालिकाको हितमा काम गर्ने प्रतिबद्ध सहित सन् १९९० मा नेपालको तर्फबाट पुर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सहित सहभागी सवै राष्ट्रहरुले संयुक्त हस्ताक्षर गरेको बताउनुभयो।418580949_356661293667158_4132433309991829337_n.jpg
     
    त्यसपक्षत नेपालमा पनि मिति २०४७ साल बाट हरेक जिल्लामा बाल संरक्षण (कल्याण) समिती स्थापन हुँदै प्रत्येक जिल्लाको गाविसमा गठन सुरु भएको बताउदै तनहुँ जिल्लामा भने २०५५ सालमा प्रत्येक गाविसहरुमा बाल संरक्षण समिती गठन गरेको समेत बताउनु भएको थियो।साथै अध्यक्ष थापामगरले सन् १९९० को जेनेभा महासन्धिले पास गरेको चार बाल अधिकारहरु बाच्न पाउने अधिकार,बिकास गर्ने अधिकार,संरक्षणको अधिकार,स्वतन्त्रताको अधिकारको बिषयमा समेत प्रष्ट पार्नु भएको थियो।418514616_356661273667160_4022961515431269832_n.jpg
     
    कार्यक्रममा देवघाट गाउँपालिका प्रवक्ता एवं ५ वडा अध्यक्ष पुर्ण बहादुर कुँवर,५ वडा सदस्य याम बहादुर मगर,कमला गुरुङ,बुद्धि बहादुर पाण्डे,देवघाट गाउँपालिका महिला संञ्जाल अध्यक्ष राधदेवी खनाल,देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्त लगायतको उपस्थिति रहेको थियो।भने महिला तथा वालवालिका शाखाका शुभद्रा भट्टराईले‌ कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend