देवघाट गाउँपालिका बाल संञ्जालको अध्यक्षमा परिमाया आलेमगर चयन

images
  • 204
    SHARES
  • पौष २६, २०८० बिहीबार
    देवघाट गाउँपालिका बाल संञ्जालको अध्यक्षमा परिमाया आलेमगर चयन
    images
     
     
    तनहुँ,
     
    तनहुँको देवघाट गाउँपालिकाको सिटी हलमा भएको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशन बाट गाउँपालिकास्तरीय बाल संञ्जालको अध्यक्ष पदमा परिमाया गुरुङ सहित १३ कार्यसमिति सर्व सहमत चयन भएको छ।कार्यसमितिको उपाध्यक्षमा अनिषा गुरुङ,सचीव तेजेन्द्र सुनारीमगर,कोषाध्यक्ष जिबिका बोटे,सदस्यहरुमा कृष्मा शाही,कृषा गुरुङ मनिषा गुरुङ लगायत १३ कार्यसमिति रहेको छ।
     
    साथै सर्व सहमत चयन भएका नयाँ कार्यसमितिलाई देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापामगर, देवघाट गाउँपालिका प्रवक्ता एवं ५ वडा अध्यक्ष पुर्ण बहादुर कुँवर,५ वडा सदस्य याम बहादुर मगर,कमला गुरुङ,बुद्धि बहादुर पाण्डे,देवघाट गाउँपालिका महिला संञ्जाल अध्यक्ष राधदेवी खनाल र देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्तले बधाई संगै शुभकामना दिनुभएको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend