साविक विजेता एपीएफलाई हराउँदै पुलिसले जित्याे ३४ औँ राष्ट्रिय पुरुष भलिबलकाे उपाधि

images
  • 201
    SHARES
  • पौष २६, २०८० बिहीबार
    साविक विजेता एपीएफलाई हराउँदै पुलिसले जित्याे ३४ औँ राष्ट्रिय पुरुष  भलिबलकाे उपाधि
    images

    काठमाण्डाै –

    साविक विजेता सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताकाे उपाधि जितेकाे छ ।

    सुर्खेतकाे वीरेन्द्रनगरमा रहेको खुलामञ्चकाे काेर्टमा आज भएकाे फाइनलमा पुलिसले एपीएफलाई ३–१ काे सेटले हरायाे । एपीएफले पहिलाे सेट २५–२२ ले जिते पनि त्यसपछि लगातार ३ वटा सेट गुमायाे । पुलिसले दाेस्राे सेट २५–१९, तेस्राे सेट २५–१८ र चाैथाे सेट २५–२३ ले गुमायाे ।

    उपाधिसँगै पुलिसले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकाे छ । यस्तै उपविजेता एपीएफले ५० हजार रुपैयाँ प्राप्त गरेकाे छ ।

    आजै तेस्राे स्थानका लागि भएकाे खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३–१ काे सेटले हरायाे । गण्डकीले पहिलाे सेट २५–२२ ले जित्याे । दाेस्राे सेट आर्मीले २६–२४ ले जित्दै खेल १–१ काे बराबरीमा ल्यायाे । तर त्यसपछिकाे २ सेट जित्दै गण्डकी विजयी भयाे । गण्डकीले तेस्राे सेट २६–२४ र चाैथाे सेट २५–२२ ले जित्याे ।

    गएकाे पुस २९ गतेदेखि शुरु भएकाे प्रतियाेगितामा ३ वटा विभागीय टाेलीसँगै ७ वटा प्रदेश गरी १० वटा टाेलीकाे सहभागिता रहेकाे थियाे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend