रुसी सेनामा भर्ना भएका एक युवककाे ज्यान गयाे

images
  • 190
    SHARES
  • पौष २६, २०८० बिहीबार
    रुसी सेनामा भर्ना भएका एक युवककाे ज्यान गयाे
    images

    काठमाण्डाै –

    रुसी सेनामा भर्ना भएका प्युठानका एक युवककाे ज्यान गएकाे छ । रुसी सेनामा आबद्ध प्युठान नगरपालिका–४ काठेवरका साेनु सुनारको ज्यान गएकाे प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्माले जानकारी दिनुभएकाे छ ।

    रोजगारीका क्रममा दुई वर्षअघि कतार पुगेका सुनार केही महिनाअघि रुस गएर त्यहाँकाे सेनामा भर्ना भएका थिए ।

    याेसँगै रुस–युक्रेन युद्धमा गएर ज्यान गुमाउने नेपालीकाे सङ्ख्या ११ पुगेकाे छ । यसअघि ज्यान गुमाउनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह, धादिङका राजकुमार गिरी, स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल रहेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend