टीकापुर ।
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत भएका छन् । उनी यसअघि पार्टीका संरक्षक थिए । रेशमपत्नी रञ्जिता श्रेष्ठ यसअघि पार्टी अध्यक्ष थिइन् । अध्यक्षमा रेशमको मात्र उम्मेदवारी दर्ता भएपछि उनी सर्वसम्मत बनेको निर्वाचन समितिका एक सदस्यले बताए ।
महासचिवसहित अन्य पदाधिकारीमा भने आकांक्षी बढी भएकाले उम्मेदवारको सम्भावना बढेर गएको छ ।



