आज नेपाल र यूएई खेल्दै १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोटमा

images
  • 98
    SHARES
  • जेठ २१, २०७९ शनिबार
    आज नेपाल र यूएई खेल्दै १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोटमा
    images

    काठमाण्डाै 

    आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले आज यूएईसँग खेल्दैछ ।

    cricket_kit_ZVgT8xe1C1.jpg

    मलेसियाको यूकेएम ओभलमा खेल बिहान ११ बजे सुरु हुनेछ । हिजो भएको पहिलो खेलमा नेपालले कतारलाई ७९ रनले हराएको थियो ।

    त्यस्तै पहिलो खेलमा यूएईले भुटानलाई १ सय ६० रनले हराएको थियो । छनोटमा नेपालसहित, मलेसिया, यूएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन् । छनोटमा शीर्ष टोली दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिको महिला टी–२० विश्व कपमा पुग्नेछ ।

    नेपालले सोमवार भुटान, मङ्गलवार थाइल्यान्ड र बिहीवार मलेसियासँग खेल्नेछ ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend