माघे संक्रान्ति मेलामा देवघाटधाममा लाखौं भक्तजन भित्रीए

images
  • 306
    SHARES
  • माघ १, २०८० सोमबार
    माघे संक्रान्ति मेलामा देवघाटधाममा लाखौं भक्तजन भित्रीए
    images

     करिस्मा गुरुङ

    देवघाट तनहुँ माघ १

    तनहुँको देवघाटधाम त्रिशूली र कालिगण्डकीको संगम पवित्र स्थल हो । नेपालकै पवित्र तीर्थस्थलको रूपमा देवघाटधाम परिचितरहेको छ । आज माघ १ गते देवघाटधाममा हरेक वर्ष माघे सङ्क्रान्ति मेला लागेको छ जहाँ मेलामा भर्न र स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । भने सो पश्चात् क्रमशः भक्तजन आउने क्रम सुरु भएको थियोे ।419747186_358799536786667_1032715148535420684_n.jpg

    सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ आजको दिनलाई मकर संक्रान्ति भनिन्छ । आजदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटो हुदैँ जान्छन् । भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घ्यू,चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकल सहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने तथा उक्त पदार्थ आफूले खाएमा शरीर पोसिलो हुनाका साथै निरोगी भइने जनविश्वास समेत रहिआएको छ ।

    419865235_358799696786651_7928857785579123048_n.jpg

    विगत वर्षमा भन्दा यस वर्ष देवघाटधाममा भक्तजनको सङ्ख्या बढी आउने अनुमान गर्दै मेला व्यवस्थापनमा गाउँपालिक र आफ्नो तर्फबाट कुनै कसुर नराखी ब्यवस्थित पारीएको बताउनु भयो। साथै अध्यक्ष थापा देवघाटधाम लगायत देवघाट गाउँपालिकाका भित्रका पर्यटकीय सम्भावना बोकेको स्थानहरुलाई विषेश प्राथमिकतामा राखेर बिकास गर्ने समेत बताउनुभयो। 419859414_358799710119983_1120376389621248352_n.jpg

    सोही माघे मेलाको विषयमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिम बहादुर रानाले माघे मेलालाई व्यवस्थित तरिकाले सम्पन्न गर्न मसान्तिको दिन रातभरि आफू स्वयं मेलामा खटिएको बताउदै देवघाटमा जतिपनि मेला पर्व लाग्ने गर्दछ त्यसलाई क्षेत्र विकास समितिले समन्वयको भुमिका खेलेर अगाडि बढ्दै आएको समेत बताउनु भयो ।

    419938790_358799910119963_3260446078196827763_n.jpg

    देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार मसान्तीको बेलुका देखी नै देवघाटमा भक्तजनहरूको आवतजावत बाक्लो रहेको बताएका थियोे । आज माघे संक्रान्तिको दिन रातिदेखि नै भक्तजनहरू आउनेजाने क्रम निरन्तर भइरहेकोे बताउदै करिब पाँच लाख तिर्थालु भक्तजनहरू भित्रीएने कार्यकारी निर्देशक बरालले बताउनु भयो।

    419966055_358799976786623_3770975675531810297_n.jpg

    साथै सुरक्षाका लागि सशस्त्र प्रहरीको गोताखोर सहितको टोली परिचालन गरिएको छ । माघे मेलालाई सफल पार्न देवघाट क्षेत्र विकास समितिले विभिन्न समिति बनाएर मेला सम्पन्न गरेको छ । माघे सङ्क्रान्ति मेलाको अवसरमा आइतबार र आज नारायणगढ मुग्लिन सडकखण्डसमेत निर्वाधरुपमा सञ्चालनमा ल्याइएको छ । देवघाटमा भारतलगायत तेस्रो मुलुकबाट समेत हजारौँ भक्तजन स्नानका लागि आउने गर्दछन् । मेलामा अधिकांश भक्तजनले नदीमा स्नान गर्ने भएकाले गहिरो ठाउँमा नजान आह्वान गर्दै डोरी टाँगेर स्नान गर्ने क्षेत्र छुट्याइएर व्यवस्थित गरिएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend