टुँडिखेलमा माघे संक्रान्ति मेला मनाउने क्रममा भीड अनियन्त्रित भएपछि च्यापिएर १६ जना घाइते

images
  • 236
    SHARES
  • माघ १, २०८० सोमबार
    टुँडिखेलमा  माघे संक्रान्ति मेला मनाउने क्रममा भीड अनियन्त्रित भएपछि च्यापिएर १६ जना घाइते
    images

    काठमाण्डाै –

    काठमाण्डाैकाे टुँडिखेलमा माघी मनाउने क्रममा भीड अनियन्त्रित भएपछि च्यापिएर १६ जना घाइते भएका छन् ।

    माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले सोमबार टुँडिखेलमा आयोजना गरेको छुट्टा–छुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

    घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी ढुंगेलले बताउनुभयो । मगर र थारु समुदायका व्यक्तिहरू टुँडिखेलमा माघी मनाउन भेला भएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend