प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफकाे लगातार दोस्रो जित

images
  • 187
    SHARES
  • माघ १, २०८० सोमबार
    प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफकाे लगातार दोस्रो जित
    images

    काठमाण्डाै –

    1558959534cricket.jpgप्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब लगातार दोस्रो खेलमा विजयी भएको छ ।

    आज भएको खेलमा एपीएफले कोशी प्रदेशलाई ६ विकेटले हरायो । कोशीले दिएको १ सय ३६ रनको लक्ष्य एपीएफले १९ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायो । एपीएफका कप्तान रोहित पौडेलले ८० रन बनाए । कोशीका फिर्दाेश अन्सारी, कमल खत्री, समिर कार्की र सोनु मण्डलले समान १ विकेट लिए ।

    यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशी ४४ ओभर ३ बलमा १ सय ३५ रनमा अल आउट भयो । कोशीका फिर्दाेश अन्सारीले सर्वाधिक ५५ रन बनाए । एपीएफका अविनाश बोहरा र कप्तान रोहित पौडेलले समान ३ विकेट लिए ।

    यो जितसँगै एपीएफ ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा कोशीको लगातार दोस्रो हार हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend