नवौ खिचरा महोत्वसमा आज भाेजपुरी गायक सुनिल पण्डितले प्रस्तुति दिंदै

images
  • 237
    SHARES
  • माघ ३, २०८० बुधबार
    नवौ खिचरा महोत्वसमा आज भाेजपुरी गायक सुनिल पण्डितले प्रस्तुति दिंदै
    images

    खैरहनी, ३ पाैष ।

    पूर्वी चितवनको खैरहनीमा जारी नवौ खिचरा महोत्वसमा आज ( बुधबार ) भाेजपुरी गायक सुनिल पण्डितले प्रस्तुति दिंदैछ । गायक पण्डित संगै भोजपुरी डान्सर तथा चर्चित टिकटकर प्रीति पासवानको समेत प्रस्तुति रहने छ। साथै स्थानीय गायिका शारदा चौधरी लगाएत अन्य स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।

    महोत्सवमा स्थानीय कृषि उत्पादन प्रदर्शनी, स्थानीय उत्पादन, बाल उधान, महिलाहरुले तयार गरेका हस्तकलाका सामग्रीमा, थारु समुदायका परम्परागत सामग्री प्रदर्शनीमा जोड दिइएको आयोजक संस्था थारु कल्याणकारिणी सभा क्षेत्र न ७ का सभापति रामेश्वर चौधरीले बताउनु भयो । महोत्सव माघ १० गते सम्म सञ्चालन हुने छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend