आरोहणको क्रममा ५ जनाको मुत्यु यस वर्ष वसन्त यामको सगरमाथा आरोहण सकियो

images
  • 91
    SHARES
  • जेठ २१, २०७९ शनिबार
    आरोहणको क्रममा ५ जनाको मुत्यु  यस वर्ष वसन्त यामको सगरमाथा आरोहण सकियो
    images

     सोलुखुम्बु, २१ जेठ 

    यस वर्षको  वसन्त यामको सगरमाथा आरोहण सकिएको छ । पर्यटन विभागका अनुसार आरोहण अभियान सबै हिमालमा पूरा भएको छ । सगरमाथा आधार शिविरबाहेक सबै हिमालबाट आरोही फिर्ता भइसकेको विभागका निर्देशक सुर्यप्रसाद उपाध्यायले बताउनुभयो ।

     
    1654314271-FpmB6.jpg

    यस वर्ष कति जनाले सफल आरोहण गरे भन्ने तथ्याङ्क आउन केही समय लाग्ने निर्देशक उपाध्यायले बताउनुभयो । उहाँका अनुसार यो वर्ष सगरमाथा आरोहणको क्रममा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना नेपाली र ३ जना विदेशी नागरिक रहेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend