फ्रान्स,
संजय थापा
नेपाल मगर समाज फ्रान्सको आयोजनामा माघे सकराती तथा बृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ।यहीँ मिति २०२४ जनवरी २१ तारीखमा दिउँसो १ बजे 23 Rue-de stallingard 93700 Drancy स्थानमा सो कार्यक्रम हुने मगर समाज फ्रान्सका वर्तमान अध्यक्ष एवं मुख्य संयोजक विष्णु बहादुर सारुमगरले बिहानी मिडियालाई जानकारी दिनुभयो।
सो बृहत साँकृतिक कार्यक्रममा राष्ट्रिय लोकदोहोरी एवं कौराह कलाकार दुर्गा गुरुङ,संजय थापामगर लगायतको बेजोड प्रस्तुति रहने छ,भने कौराह,सोराठी नाच एवं मगर सामुदायमा पाईने विभिन्न खालको परिकारहरु खिचडी,बंगुरको मासु,गुन्द्रुक,बारा,सेलरोटी,शखर खण्डा लगायतका परिकारहरु समेत पाइने मगर समाज फ्रान्सका संजय थापामगरले बताउनुभयो।



