शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार पनि घट्यो

images
  • 183
    SHARES
  • माघ ३, २०८० बुधबार
    शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार पनि घट्यो
    images

    काठमाडौं ।

    शेयर बजार परिसूचक नेप्से घटेको छ । वुधबार नेप्से १२.१० अंकले घटेको हो । अघिल्लो दिन मंगलबार ५४.५४ अंकले बढेर २१७५.१७ विन्दुमा पुगेको नेप्से बुधबार २१६३.०६ विन्दुमा ओर्लिएको हो ।

    नेप्से परिसूचक घटेपनि शेयर कारोबारले भने मंगलबारको रेकर्ड तोडेको छ । मंगलबार दुई वर्ष यताकै उच्च ८ अर्ब २ करोड कारोबार भएकामा बुधबार तीन करोड ३५ लाख २५ हजार ७०२ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८६८ रुपैयाँको कारोबार भयो ।

    स्टक मार्केटमा यस दिन बैंक, विकास बैंक, लघुवित्त र अन्य उपसमूह बाहेक अन्य उपसमूह राताम्य भए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend