चितवन बहुउद्देश्य सहकारी पीडितलाई लामिछानेले भोली भेट्दै

images
  • 160
    SHARES
  • माघ ४, २०८० बिहीबार
    चितवन बहुउद्देश्य सहकारी पीडितलाई लामिछानेले भोली भेट्दै
    images

    चितवन, माघ ०५
    साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाबाट पीडित भएका बचत कर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्ने भएका छन् । शुक्रबार चितवन आउन लागेका लामिछानेलाई उनको सचिवालयमा भोलि दिउँसो २ बजे भेट्ने भएका हुन् ।

    चितवन दुईबाट निर्वाचित सांसद समेत रहेका लामिछानेले बचतकर्तासंग अन्तरक्रिया कार्यक्रम गर्ने सहकारी पीडित संघर्ष समितिका अध्यक्ष शालिक दवाडीले दिए । यस सहकारी सञ्चालकसंग आफ्नो नामपनि जोडिएपछि लामिछानेले बचत कर्तासंग छलफल गर्न लागेका हुन् । यस सहकारीका सञ्चालक गितेन्द्रबहादुर राई(जिबि) बचतकर्ताको रकम हिनामिना गरी फरार छन् ।

     
    उनीमाथी ८५ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ । चितवनका बचतकर्ताको २५ करोड हाराहारीमा पैसा डुबेको दवाडीले जानकारी दिए । यहाँ एउटै व्यक्तिको साढे तीन करोडसम्म डुबेको छ ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend