कुरिनटारका बिनोद गुरुङद्वारा पामडाडाँका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग

images
  • 242
    SHARES
  • माघ ५, २०८० शुक्रबार
    कुरिनटारका बिनोद गुरुङद्वारा पामडाडाँका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग
    images

    पामडाडाँ 

    राष्ट्रिय आधारभूत विद्यालय पाम डाडाँ इच्छाकामना ५ चितवनका  विद्यार्थीहरुलाई  न्यानो कपडा  वितरण गरिएको छ ।  भु. पु. विद्यार्थी मञ्च पाम डाडाँले  ४२ सेट ट्रयाक सेट र टोपी वितरण गरेका हुन् ।     

     
    चितवनको इच्छाकामना ४  कुरिनटार निवासी हाल  जर्मनमा रहनुभएका  बिनोद गुरुङले  रु. ४० हजार रकम बराबर  उक्त न्यानो कपडा सहयोग गर्नुभएको मञ्चका  संयोजक झलक गुरुङले  जानकारी दिनुभयो ।  

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend