चितवन, माघ ५
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सहकारीका बचत कर्ताहरुको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । शुक्रबार (आज) भरतपुर विमानस्थलमा भएको पत्रकार सम्मेलनमा लामिछानेले बचत कर्ताको रकम फिर्ता गर्नेमा आफ्नो ध्यान गएको बताएका हुन् ।
यसअघि लामिछाने सहभागि रहेको ‘ग्यालेक्सी फोर के’ टेलिभिजनमा सहकारी बचतकर्ताको लगानी रहेको थियो । त्यतिखेर लामिछाने टिभिका प्रवन्धक निर्देशक थिए । सहकारी सञ्चालक समितिका अध्यक्ष जिबि राई फरार छन् । कस्को संरक्षणमा जिबि राईलाई समात्न किन सकिएन? भन्ने पत्रकारको प्रश्नमा लामिछानले राज्यका कारण समात्न नसकेको उत्तर दिए । ‘समात्न सरकार लाग्नुपर्यो हामी सघाउन तयार छौँ । जो संग शक्ति छ उसको संरक्षणका कारण नसमातिएको हुन सक्छ उनले भने ।’ उनले आफु डेढ बर्ष अघिदेखि सो संस्थामा नभएको स्पष्ट पारे । लामिछानेले चितवनका सहकारी पीडितसंग समेत भेट गरेका छन् ।



