जाडो बढेपछि बुटवलमा ३ दिन स्कुल बन्द

images
  • 110
    SHARES
  • माघ ६, २०८० शनिबार
    जाडो बढेपछि बुटवलमा ३ दिन स्कुल बन्द
    images

    माघ ६-

    जाडो बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले विद्यालयहरूमा ३ दिन जाडो बिदा दिएको छ । उपमहानगरपालिकाले माघ ७ देखि ९ गतेसम्म ३ दिन जाडो बिदा दिएको हो । उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले एक सूचना जारी गरी उपमहानगर भित्रका सबै विद्यालयमा माघ ७ गतेदेखि ९ गतेसम्म बिदा दिने बताएका छन्।

     
    उपमहानगरपालिकाको शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । जाडोका कारण बुटवलको जनजीवन प्रभावित भएको छ ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend