पोखरा,
असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार भन्ने नारा सहित सामाजिक सुरक्षा कोषको आयोजनामा यहीँ मिति २०८० साल माघ ५ र ६ गते स्थानिय सरकारसँग सामाजिक सुरक्षा कोष सम्बन्धि २ दिने कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ।साथै सनिवारका दिन आज सामाजिक सुरक्षा कोष र स्थानिय तह देवघाट गाउँपालिका बिच सम्झौता भएको हो। सो कार्यक्रममा गण्डकी प्रदेशका ५ जिल्लाका ४३ वटा स्थानिय तहको सहभागिता रहेको छ।
कार्यक्रमको आज दोस्रो दिन माननिय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी ज्युको प्रमुख आथित्यतामा देवघाट गाउँपालिका भित्रका औपचारिक तथा स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नका लागि सामाजिक सुरक्षा कोष र देवघाट गाउँपालिका बिच आज सनिवार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा सामाजिक सुरक्षा कोषको तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारी र देवघाट गाउँपालिकाका तर्फबाट अध्यक्ष तिल बहादुर थापाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो। उक्त सम्झौता कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङ, देवघाट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल र रोजगार संयोजक कर्ण बहादुर गुरुङ्गलगायतको सहभागिता रहेको थियो।



