मुग्लिङ्ग
प्रथम कृष्ण कुमार गुरुङ स्मृति,सेन्ट्रल कलेज कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता २०८० हुने भएको छ । मुग्लिङ्ग एफसी इच्छाकामना ५ मुग्लिङ्गको आयोजनामा त्रिवेणी यूवा क्लबका पूर्व अध्यक्ष तथा समाजसेवी स्वर्गिय कृष्ण कुमार गुरुङको स्मृतिमा इच्छाकमना ४ कुरिनटारमा फुटबल प्रतियोगिता हुने भएको हो ।
साथै फाइनलमा पुग्ने दुई टिमलाई भिजिट मनकामनाको लागि केवलकार टिकटको व्यवस्था गरिएको छ । प्रतियोगिताका मुख्य प्रायोजक भने सेन्ट्रल कलेज भरतपुर चितवन रहेको छ ।



