लोकदोहोरी गायक शित्तल गुरुङको ‘नौलो माया.’ गीत सार्वजनिक

images
  • 112
    SHARES
  • माघ ७, २०८० आइतबार
    लोकदोहोरी गायक शित्तल गुरुङको ‘नौलो माया.’ गीत सार्वजनिक
    images

    काठमाण्डौ 

    लोक तथा दोहोरी गायक शित्तल गुरुङको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । गुरुङको स्वरमा शनिबार नयाँ लोकदोहोरी गीत ‘नौलो माया...’ सार्वजनिक भएको हो ।

    चर्चित लोक दोहोरी गायक भगवान भण्डारीको अफिसियल युट्युब च्यानल भगवान भण्डारीबाट सार्वजनिक भएको गीतमा गायक शित्तल गुरुङ र गायीका सुमी रोका मगरको स्वर रहेको छ । गोर्खाली सर्जक रमेश परियारको लय शब्द रहेको गीतको म्युजिक भिडियोमा आनन्द गुरुङ र जुनु एस डीको अभिनय रहेको छ ।

    गीतको भिडियोमा स्मृति तिमिल्सिना ‘गुरुआमा’ ले कोरियोग्राफी र निर्देशन गरेका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend