रबिन दाहाल काठमाडौ।
किसान लघुवित्त वित्तीय संस्था लि.को निमित्त सीईओमा सजल खड्का नियुक्त भएका छन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पर्वत कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् ।
कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको १२८ औं बैठकले उनको राजीनामा माघ ४ गते देखि लागू हुने गरी स्वीकृत गरेको छ । राजीनामा स्वीकृतसँगै अर्को व्यवस्था नभएसम्मको लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको पदमा सजल खड्कालाई नियुक्त गरिएको किसान लघुवित्त वित्तीय संस्थाले जनाएको छ ।



