आइतबार पनि बहिरङ्ग सेवा,चितवनको रत्ननगर अस्पतालमा

images
  • 79
    SHARES
  • जेठ २१, २०७९ शनिबार
    आइतबार पनि बहिरङ्ग सेवा,चितवनको रत्ननगर अस्पतालमा
    images

    चितवन ।

    पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले बहिरङ्ग सेवा आइतबार पनि नियमित सञ्चालन गर्ने भएको छ । लगातार दुई दिन बिदा हुँदा बिरामीको चाप बढेको र सेवा लिन कठिन भएकाले आइतबार पनि बहिरङ्ग सेवा नियमित गरिएको हो ।

    bakulahar-ratnanagar-hospital_20200624120152 (1).jpg

     

    अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेले सातामा दुई दिन बिदा हुँदा सोमबार एकै दिन बिरामीको चाप बढेकाले आइतबार पनि बहिरङ्ग सेवा दिन लागिएको जानकारी दिए । उनले भने, ‘बिरामीको चाप दिनदिनै बढ्दो छ, सेवा अवधि घटाउँदा झन धेरै चाप पर्‍यो ।’

    अस्पतालले एक सूचना प्रकाशित गरी आइतबारको दिनसमेत  बहिरङ्ग सेवा सञ्चालन गरिने जनाएको हो । यही जेठ २२ गतेबाट यो नियम लागू हुने जनाइएको छ ।

    सूचनामा अस्पतालको शुक्रबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको उल्लेख छ । सरकारले वैशाख २६ गतेको राजपत्रमा सूचना प्रकाशित गरी जेठ १ गतेदेखि आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend