हुण्डी कारोबार गरेको आरोपमा काठमाडौंबाट २ जना पक्राउ

images
  • 135
    SHARES
  • माघ १२, २०८० शुक्रबार
    हुण्डी कारोबार गरेको आरोपमा काठमाडौंबाट २ जना पक्राउ
    images

    हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट २ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौं अनामनगरका युवराज प्रसाईँ र सुनसरी घर भइ काठमाडौंको नयाँबस्ती बस्ने विश्वास राई छन् ।

    नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई हुण्डी कारोबार हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई प्रकाउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

    राईको बौद्ध नयाँ बस्तीमा रहेको सटर कोठाबाट ३० लाख १८ हजार रुपैयाँ नगद, २ थान ल्यापटप र ५ थान मोबाइल वरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend