माघ १२-
आईसिसी यू-१९ विश्वकपको पहिलो चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा अहिले अफगानिस्तानसँग भिडिरहेको नेपालले १४६ रनको लक्ष्य पाएको छ।
पहिला ब्याटिङ गरेको अफगानिस्तान ४०.१ ओभरमा १ सय ४५ रनमा अलआउट भयो। अफगानिस्तानलाई सस्तोमा समेट्न नेपालका मिडियम पेसर आकाश चन्द एक्लैले ५ विकेट लिए।
त्यसपछि ८८ रनमा ८ विकेटको अवस्थामा पुगेको अफगानिस्तानले नवौँ विकेटका लागि ५५ रनको साझेदारी गरेको थियो। कप्तान नासिर खानले नवौँ विकेटका लागि फारिदुन दाउदजाईसँग ५५ रनको साझेदारी गरेका थिए। दीपेशले नासिरलाई आउट गर्दै उक्त साझेदारी तोडेका थिए।



