नेपाल मगर महिला संघ चितवनद्वारा चेपाङ्ग छात्रवासमा खाद्यान्न तथा शैक्षिक सामग्री वितरण

images
  • 337
    SHARES
  • माघ १३, २०८० शनिबार
    नेपाल मगर महिला संघ चितवनद्वारा चेपाङ्ग छात्रवासमा खाद्यान्न तथा शैक्षिक सामग्री वितरण
    images

    चितवन,

    नेपाल मगर महिला संघ जिल्ला समन्वय समिति चितवनद्वारा आज माघ १३ गते सनिवारका दिन र.न.पा ११ स्थित मंगलपुर गामवेशी संरक्षण केन्द्र चेपाङ्ग छात्रवासमा खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गरिएको छ।405305861_368021529271777_5973186890130784554_n.jpg

    प्रमुख अतिथि नेपाल मगर महिला संघ केन्द्रीय समितिका साँस्कृतिक उपाध्यक्ष देवी थापामगरले कार्यक्रमलाई सम्बोधन गर्दै आम मगर समुदायको हकहितको निम्ति आफू सधैं लागी परेको बताउदै महिला दिदिबहिनीहरुलाई सशक्तीकरण गर्दै अगाडी बढाउने बताए। नेपाल मगर महिला संघ जिल्ला समन्वय समिति चितवनले चेपाङ्ग छात्रवासमा सहयोग गरेकोमा उपाध्यक्ष थापामगरले धन्यवाद समेत दिएका थिए।421799415_743061061105171_7673895304802922527_n.jpg

    साथै गामवेशी संरक्षण केन्द्र चेपाङ्ग छात्रवासमा १ सय ४० जनालाई कपि,कलम र २ बोरा चामल,१ बोर दाल सहयोग गरेको नेपाल मगर महिला संघ चितवनका सचिव लक्ष्मी थापामगरले बताएका थिए।

    404960093_411336391267475_6918312408121704065_n.jpg

    कार्यक्रममा बागमती प्रदेशका अध्यक्ष मिलन थापामगर,केन्द्रिय सदस्य महेन्द्र थापामगर,काशी माया रानामगर,नेपाल मगर संघ जिल्लाका सह-सचिव भिमबहादुर थापा, विद्यार्थी संघ चितवनका कोषाध्यक्ष एन्जिला रानमगर,भु.पु सैनिक तथा प्रहरी जिल्ला सदस्य शोभा थापा मगर लगाएको उपस्थिति रहेको थियो भने नेपाल मगर महिला संघ चितवनका रुकु रानामगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend