आन्दोलनमा,सेयर बजारका लगानीकर्ता

images
  • 84
    SHARES
  • जेठ २१, २०७९ शनिबार
    आन्दोलनमा,सेयर बजारका लगानीकर्ता
    images

    काठमाडौं । 

    सेयर बजारमा करोडौं लगानी डुबेको भन्दै सेयरबजार लगानीकर्ताहरुले आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएका छन् ।

    stock-market_20210513154054.jpg

     

    सरकारका नीति तथा कार्यक्रम स्पष्ट नहुदाँ सेयर बजारका सर्वसाधरण लगानीकर्ताहरुको करोडौं लगानी डुब्दै गएपछि लगानीकर्ताहरुले शनिबार आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेका हुन् । 

    शनिवार बाल्मिकीमा सर्वसाधारण लगानीकर्ताकोसमेत उपस्थितिमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने अगुवा तिलक कोइरालाले जानकारी दिए । ‘बाल्मिीकी क्याम्पसमा आज हुने छलफल पछि आन्दोलनका कार्यक्रम तय गर्नेछौ भने यसबिचमा माग पुरा नभएमा १ असारबाट म आफै आमरण बस्नेछु’, कोइरालाले भने ।

    शीर्ष नेताहरुको अभिव्यक्तिलगायतका कारणले सेयर बजारमा नकारात्मक असर परेको र त्यस्ता अभिव्यक्ति नदिनलगायत झन्डै २ दर्जन माग राखेर सेयरकर्ताका लगानीकर्ताहरू आन्दोलनमा उत्रिन लागेका हुन्  ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend