चण्डेश्वरी विद्यालयका साना विद्यार्थीहरु चकटी समेत पर्याप्त नहुदाँ चिसो भुइमा बसेर पढ्न बाध्य

images
  • 206
    SHARES
  • माघ १५, २०८० सोमबार
    चण्डेश्वरी विद्यालयका साना विद्यार्थीहरु चकटी समेत पर्याप्त नहुदाँ चिसो भुइमा बसेर पढ्न बाध्य
    images

    स्याङदी,चित्र बहादुर गुरुङ

    शहर बजारमा अहिले स्मार्ट कक्षाको अवधारणा अनुसार पठन पाठन सुरु भैसक्यो । तर ग्रामिण भेगका विद्यालयहरुमा भने अहिले पनि स्मार्ट कक्षाको कुरा त परको कुरा राम्रोसँग बसेर पढ्न पाउने अवस्थामा समेत छैन । यस्तै मध्यको एक हो, चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ स्थित चण्डेश्वरी आधारभुत विद्यालयका साना कक्षाका विद्यार्थीहरु । उनीहरु यो कठ्याङ्ग्रीदो चिसो मौसममा पनि सिमेन्टको चिसो भुइमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयमा कक्षा १ र शिशुमा अध्ययनरत विद्यार्थीहरु विद्यालयमा चकटी समेत पर्याप्त नहुदाँ चिसो भुइमा बसेर पढ्न बाध्य भएका हुन् ।

    विद्यार्थी संख्या धेरै भएको तर त्यो अनुसार चकटीको व्यवस्थापन हुन नसक्दा साना नानीबाबुहरुलाई भुईमै राखेर पठाउन बाध्य भएको विद्यालयका प्रध्यानाध्यापक निशा गुरुङले जानकारी दिए । उनका अनुसार विद्यालयमा दुई वटै कक्षामा गरेर ५९ जना विद्यार्थीहरु छन् तर उनीहरुको लागि विद्यालयमा २०–२२ वटा मात्र चकटी उपलब्ध रहेको छ ।

    विद्यालयले शिक्षक अभाव भएका कारण शिशु कक्षा र १ कक्षाका विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर पढाउने गरेका छन् । जसका कारण एकातिर कक्षाकोठा साघुरो बनेको छ भने विद्यार्थीको लागि आवश्यक चकटी नहुदाँ चिसो भुइमै बसेर पढ्नुपर्ने बाध्यतामा साना नानीबाबुहरु रहेका छन् । 

    यद्यपी घाम लागेको बेला भने बाहिर खुला स्थानमा राखेर पढाउने गरिएको प्रध्यानाध्यापक गुरुङले बताइन् । घाम नलागेको बेला भने चिसोमै राख्नुपर्ने बाध्यता रहेको उनले बताईन् ।

    हास्दै खेल्दै रमाउदै पढ्न पाउनुपर्ने बेला यसरी चिसो भुईमा बसेर पढ्नुपरेपछि विद्यार्थीले केही सिक्ने त के कुरा उल्टै साना बालबालिकाहरुलाई चिसोले बिरामी बनाउने जोखिम बढि हुन्छ । सम्बन्धित निकायले बेलैमा ध्यान पु¥याउन जरुरी देखिन्छ । 

    विद्यालयमा गुरुङ, चेपाङ र मगर समुदायका विद्यार्थीहरु अध्ययनरत छन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend