अनलाइनबाट ऋण लेनदेन गर्न मिल्ने व्यवस्थाको तयारी

images
  • 330
    SHARES
  • माघ १५, २०८० सोमबार
    अनलाइनबाट ऋण लेनदेन गर्न मिल्ने व्यवस्थाको तयारी
    images

    काठमाण्डाै 

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सहभागिता विना नै ऋण लेनदेन गर्न मिल्ने गरी अनलाइन प्लेटफर्मको तयारी थालेको छ ।

    केन्द्रीय बैंकले वित्तीय मध्यस्थतामा लाग्ने खर्च कटौती गर्ने तथा प्रविधिमा आधारित विश्वको पछिल्लो अभ्यासलाई अनुशरण गर्न खोजेको हो ।

    दुईभन्दा बढी ऋणीले कुनै एक व्यक्तिलाई ऋण दिन सक्ने गरी पियर–टु–पियर अर्थात् पीटुपी प्लेटफर्म सञ्चालन गर्न सकिने राष्ट्र बैंकको अध्ययनले देखाएको छ । यस अवधारणाअन्तर्गत व्यक्ति–व्यक्ति अनलाइन प्लेटफर्ममार्फत जोडिने र उनीहरूले त्यसमार्फत ऋण दिने र लिने काम गर्छन् । यसमा लगानी गर्न चाहने र लगानी लिन चाहनेबीचको समझदारी भइ लेनदेन हुनेछ ।

    केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले गरेको अध्ययनअनुसार पहिलो चरणमा साना कर्जा लेनदेन हुने गरी प्लेटफर्मको लाइसेन्स दिन सकिने देखिएको छ । व्यक्तिगत रूपमा ऋण दिन र लिन चाहने दुवै व्यक्तिले यो माध्यममा एकाउन्ट खोल्न सक्नेछन् ।

    लगानीका अरु क्षेत्रमा कम प्रतिफल दिने अवस्था र बैंकमा निक्षेपको ब्याजदरसमेत कम रहेको अवस्थामा पैसा हुनेले यस्तो माध्यम प्रयोग गरी ऋणमा लगाउन सक्नेछन्। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend