सापटी दिएको पैसा फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै विकासमन्त्री झपट साउदविरुद्ध प्रहरीमा उजुरी

images
  • 76
    SHARES
  • माघ १६, २०८० मंगलबार
    सापटी दिएको पैसा फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै  विकासमन्त्री झपट साउदविरुद्ध प्रहरीमा उजुरी
    images

    माघ १६-

    सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपट साउदविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी परेको छ ।


    झाङ बुंगलका धनबहादुर बोहराले जिल्ला प्रहरी कार्यालय कैलालीमा मन्त्री साउदविरुद्ध उजुरी हालेका हुन् । मन्त्री साउदले आफूले सापटी दिएको पैसा फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी दिएका हुन् ।
    मन्त्री साउदले लेनदेन पनि नभएको ज्यान मार्ने धम्की पनि नदिएको बताए । कैलाली प्रहरी प्रवक्ता डीएसपी कुलदीप चन्दले यस विषयमा थप छानबिन हुने बताए ।




    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend