तनहुँको देवघाट गाउँपालिकाका वडा नम्बर ३ ल्हुङग्रिङ्ग स्थित गोर्खाकालिका आधारभुत विद्यालयले आज मङ्गलबारको दिन शहिद दिवसको अवसरमा वक्तित्वकला प्रतियोगिताको आयोजना गरि शहिद दिवस मनाएका छन् ।

सो वक्तित्वकला प्रतियोगितामा प्रथम कक्षा ७ का आशा गुरुङ, द्धीतीय कक्षा ८ का ज्योति आले मगर , तृतीय कक्षा ५ का विनय गुरुङ, र सान्त्वना कक्षा ७ का कल्पना गुरुङ्ग भएको बिद्यालयका शिक्षक मोहन थापा मगरले जानकारी दिनु भयो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष टिका राम थापा मगर , विद्यालयका प्रधानाध्यापक मन बहादुर राना मगरको उपस्थिति रहेको थियो भने विद्यालय वाल क्लवका अध्यक्ष आशा गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ।



