पुलिस क्लबले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

images
  • 102
    SHARES
  • माघ २०, २०८० शनिबार
    पुलिस क्लबले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि
    images

    विभागीय टिम नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार त्रिवि मैदानमा भएको फाइनल खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो । 

     

    पहिला ब्याटिङ गरेको आर्मीले ४९.५ ओभरमा अलआउट हुँदा १८१ रन बनाएको थियो । जवाफमा पुलिसले चार विकेटको क्षतिमा ३७.५ ओभरमा लक्ष्य पूरा गरेको हो । पुलिसको जितमा बलिङतर्फ ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले तीन तीन विकेट लिए भने ब्याटिङतर्फ शंकर रानाले अर्धशतक बनाए । रानाले ६२ रन नटआउट बनाउने क्रममा छक्का प्रहार गर्दै टिमलाई उपाधि दिलाएका थिए । 

    जारी प्रतियोगितामा पुलिस आफूले खेलेका सबै १० खेलमा अपराजि रह्यो ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend