आर्मी पहिलो पटक आहा रारा गोल्ड कप च्याम्पियन

images
  • 156
    SHARES
  • माघ २०, २०८० शनिबार
    आर्मी पहिलो पटक आहा रारा गोल्ड कप च्याम्पियन
    images

    काठमाण्डाै - 

    त्रिभुवन आर्मी क्लब पहिलो पटक आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

    पोखरा रंगशालामा भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३–० ले हराउँदै आर्मीले उपाधि जितेको हो । २०६५ सालयता पाँच पटक फाइनलमा पुगेको आर्मीले पहिलो पटक उपाधि जितेको हो ।

    आर्मीका लागि कप्तान जिलेस्पी जंग कार्की, फत्तेमान घले र वसन्त जिम्बाले गोल गरे । उपाधिसँगै आर्मीले १२ लाख एक हजार र दोस्रो भएको थ्री स्टारले ६ लाख एक हजार रुपैयाँ प्राप्त गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend