सुनचाँदी व्यवसायीमाथि गाेली प्रहार

images
  • 117
    SHARES
  • माघ २१, २०८० आइतबार
    सुनचाँदी व्यवसायीमाथि गाेली प्रहार
    images

    नवलपरासी –

    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बर्दघाट नगरपालिका–४ का सुनचाँदी व्यवसायी ६२ वर्षीय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ ।

    सुस्ता गाउँपालिका–१ बरुवमा रहेको पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका–१६ कुकुरमारा नजिकै हिजो बेलुकी नचिनेको समूहले विश्वकर्मामाथि एक राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराले जानकारी दिनुभयो । गोली लागेर घाइते भएका विश्वकर्माको अहिले भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको डीएसपी बोहराले बताउनुभयो ।

    गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइते विश्वकर्माको लु ७८ प ७४३५ नम्बरको स्कुटर घटनास्थलभन्दा चार किलोमिटरको दूरीमा वडा नम्बर १४ मा फेला परेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend