बटुवालाई सास्ती ,व्यापारीको कब्जामा काठमाण्डौका फुटपाथ,(फोटोफिचर)

images
  • 94
    SHARES
  • जेठ २१, २०७९ शनिबार
    बटुवालाई सास्ती ,व्यापारीको कब्जामा काठमाण्डौका फुटपाथ,(फोटोफिचर)
    images

    काठमाण्डाै -

    काठमाण्डाै उपत्यकाका प्राय: सबै फुटपाथ विशेष त बिहान र बेलुका अस्तव्यस्त देखिन्छन् । 

    1_ypkAXuDZbW.jpg

    अझै बेलुकाकाे समयमा बढ्दो गाडीकाे चाप, यात्रुको भीड अनि फुटपाथ पसलका कारण काठमाण्डाैका मुख्य बजार हिँड्नै नसक्ने हुन्छन् । याे समयमा फुटपाथमा जाम नै हुनेगर्छ । 

    फुटपाथ बजारका कारण सार्वजनिक यातायात पार्किङमा राख्न र रोक्न समेत कठिन हुने गरेको गाडी चालकहरु बताउँछन् । दैनिक दुई तीन घण्टा मात्रै फुटपाथ खुला हुँदा आम्दानी घटेको भन्दै धेरै पलायन भएका समाचार बेला बेला आइनै रहन्छन् । 

    प्रायः बेलुकाको समयमा फुटपाथ अस्तव्यस्त हुन्छ । त्यहीमाथि सडकमै मोटरसाइकल पार्किङमा राखिएकाे हुन्छ । कतिपय ठाउँमा पार्किङ गरिएको मोटरसाइकलमाथि नै सामान राखेर व्यापार गरिरहेको दृश्य समेत देखिन्छ । 

    काठमाण्डौको कलङ्की, असन, इन्द्रचोक, लगनखेल, कोटेश्वर, भक्तपुरका गल्लीमा असङ्ख्य व्यापारी सडक व्यापारमा आश्रित छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend