कर्णाली प्रदेशले सरकार सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई यातायात सञ्चालनको तयारी

images
  • 134
    SHARES
  • माघ २४, २०८० बुधबार
    कर्णाली प्रदेशले सरकार सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई यातायात सञ्चालनको तयारी
    images

    काठमाण्डाै - कर्णाली प्रदेशले प्रदेशका सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई यातायात सञ्चालनको तयारीका लागि काम शुरु गर्ने भएको छ।

    प्रदेशले राजधानी वीरेन्द्रनगर सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने तयारीलाई फागुनभित्रै काम अगाडि बढाउने जनाएको छ।

    प्रदेश सरकारले सुर्खेतबाट आन्तरिक हवाई सेवा विस्तारका लागि पटक–पटक गरेको आग्रहलाई नेपाल वायुसेवा निगमले कार्यान्वयनमा ल्याउँदैछ।

    मुख्यमन्त्री राजकुमार शर्मा, नेपाल वायुसेवा निगमका सुर्खेत उडान समितिका संयोजक महेशकुमार मरिता, निगमका इञ्जिनियरिङ मर्मत विभागका व्यवस्थापक देवेन्द्र पुन, सुर्खेत नागरिक उड्डयन कार्यालयका प्रमुख राजन ढुङ्गेललगायतले हवाई उडानका लागि हिजो विमानस्थलको अवलोकन गर्नुभएको छ।

    उडान समितिका संयोजक मरिताले प्रदेश सरकारले गरेको आग्रहलाई ध्यान दिएर जतिसक्दो छिटो सेवा सञ्चालन गरिने जानकारी दिनुभयो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend