चितवन, माघ २४-
शिक्षित जिल्लाका रूपमा चिनिने चितवनमा उमेर नपुग्दै सन्तान जन्माउनेको सङ्ख्या निकै धेरै छ । कम उमेरमा बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने ज्ञानको कमीका कारण महिलाले कलिलो उमेरमै बच्चा जन्माएका हुन् । मुख्यगरी पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङलगायतका समुदायमा छिटो बच्चा जन्माउने गरेको पाइन्छ ।
नेपालको कानुनले वैवाहिक उमेरका लागि केटीका लागि २० वर्ष पूरा हुनुपर्ने भनेको भए पनि सानो उमेरमा बच्चा जन्माउने क्रम भने नरोकिएको कार्यालयले जनाएको छ । ढकालका अनुसार ग्रामीण क्षेत्रमा चेतनाको अभावका कारण सानै उमेरमा विवाह हुने र आमा बन्ने क्रम रोकिएको छैन । समाजमा चेतना जगाउन सके सानो उमेरमा विवाह गर्ने र आमा बन्ने क्रम रोक्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विशेषगरी जिल्लाको पहाडी क्षेत्रमा सा उमेरमा आमा बन्ने गरेका छन् ।” विपन्न र सीमान्तकृत समुदायमा यो समस्या रहेको उहाँले बताउनुभयो । रासस



