तमू प्ये ल्हु संघ चितवनले मनायो २१ औं स्थापना दिवस

images
  • 169
    SHARES
  • माघ २५, २०८० बिहीबार
    तमू प्ये ल्हु संघ चितवनले मनायो २१ औं स्थापना दिवस
    images

    चितवन 

    गुरुङहरुको धार्मिक संस्थाको रुपमा स्थापित तमू प्ये ल्हु संघ नेपाल चितवनमा स्थापना भएको २० वर्ष पूरा भएको छ । २०६० माघ २४ गते स्वर्गीय दान बहादुर गुरुङको अध्यक्षतामा चितवनमा स्थापना भएको संस्थाले बुधबारदेखि २० वर्ष पुरा गरेर २१ वर्षमा प्रवेष गरेको हो ।

    सो अवसरमा संघले बुधबार चितवनमा एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको छ । भरतपुर–११, नौरङ्गेस्थित प्ये ल्हु संघ जिल्ला समितिको कार्यालय परिषरमा संस्थाको २१ औँ स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा संस्थालाई डिजिटलमैत्री बनाउने अभियान अन्तर्गत संस्थाले आफ्नै वेबसाईट सार्वजनिक गरेको छ । कार्यक्रमका प्रमुख अतिथि इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ माफर्त उक्त साइटको सार्वजनिक गरिएको हो ।

    प्ये ल्हु संघ जिल्ला समितिले गरेका गतिविधि सार्वजनिक गर्ने उद्देश्यका साथ वेभसाइट निर्माण गरिएको प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम गुरुङले जानकारी दिए । सोही क्रममा प्ये ल्हु संघले आयोजना गरेको ल्होसार पर्वलाई सम्पन्न तुल्याउन आर्थिक सहयोग गर्ने १३८ जना दाताहरुलाई सम्मान समेत गरेको थियो ।

    कार्यक्रममा संस्था स्थापनाको औचित्य, हालसम्म गरेका गतिविधि तथा भावी दिनमा गर्नुपर्ने र गर्न सकिने कामका विषयमा समेत जानकारी गराइएको थियो । प्ये ल्हु संघ चितवनले भाषा संरक्षणको लागि समेत प्रयास थालेको संघका सचिव चित्रबहादुर गुरूङले जानकारी दिए । उनका अनुसार इच्छाकामना गाउँपालिकामा गुरूङ भाषा कक्षा सञ्चालनको लागि गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङलाई ध्यानाकर्षण गराइएको छ । कार्यक्रममा नाचगानसमेत गरेको थियो ।

    कार्यक्रममा तमू ह्युल छोंज धीं चितवनका सचिव किशोर गुरुङ, प्रदेश कमिटि सदस्य बुद्धि गुरुङ, तमू प्ये ल्हु संघ चितवनका संस्थापक एवं सल्लाहकार संयोजक भिम बहादुर गुरुङ, सल्लाहकारहरु जगत बहादुर गुरुङ, लालप्रसाद गुरुङ, तुलाराम गुरुङ, नारायण गुरुङका साथै जिल्ला महिला समिति अध्यक्ष शान्ति गुरुङ लगायतको सहभागिता रहेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend