फागुन ३ देखि ७ गतेसम्म पोखरामा ‘नेपाल साहित्य महोत्सव’ हुने

images
  • 82
    SHARES
  • माघ २६, २०८० शुक्रबार
    फागुन ३ देखि ७ गतेसम्म  पोखरामा ‘नेपाल साहित्य महोत्सव’  हुने
    images

    काठमाण्डाै - एघारौँ संस्करणको नेपाल साहित्य महोत्सव आउँदो फागुन ३ देखि ७ गतेसम्म पोखरामा हुने भएको छ ।

    बुकवर्म फाउन्डेसनको आयोजना, पोखरा महानगरपालिकाको प्रवर्द्धन र सूर्य नेपाल गाथाको सहयोगमा महोत्सव हुन लागेको हो ।

    महोत्सवमा देशविदेशका दुई सयभन्दा धेरै साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादकलगायत विशिष्ट व्यक्ति सहभागी हुने आयोजकले जनाएको छ ।

    महोत्सवमा ५५ भन्दा बढी छलफल सत्र, साङ्गीतिक साँझलगायत विविध प्रस्तुति राखिएको आयोजक संस्थाका सदस्य केशवशरण लामिछानेले बताउनुभयो।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend