तमू विद्यार्थीले मनायो स्थापना दिवस 

images
  • 97
    SHARES
  • माघ २७, २०८० शनिबार
    तमू विद्यार्थीले मनायो स्थापना दिवस 
    images

    भरतपुर

    नेपाल तमू (गुरूङ) विद्यार्थी छोंज धीँ, चितवनले संस्थाको स्थापना दिवस मनाएको छ । छोंज धीँ चितवनको कार्यालय रहेको महाबौद्ध गुम्बाको गेटमा दीप प्रज्वलन गरेर संस्थाको २८औँ स्थापना दिवस मनाएको हो ।

    426483419_3289728337987706_8966273946913976519_n.jpg

    केन्द्रीय समितिको निर्देशनानुसार शुक्रबार साँझ सबै जिल्लामा एकसाथ दीप प्रज्वलन गरेर स्थापना दिवस मनाइएको छोंज धीँ चितवनका अध्यक्ष सुमित गुरूङले जानकारी दिए । 
    तमू ह्युल छोंज धीँ, गुरूङ राष्ट्रिय परिषद् चितवनका सचिव किशोर गुरूङले तमू विद्यार्थीमार्फत गुरूङ समुदायको पहिचान र सांस्कृतिक अभ्यास पछ्याउने कामले निरन्तरता पाइरहेको बताए । कार्यक्रममा प्रमुख अतिथिको भूमिकामा रहेका उनले भने, ‘अझ परिष्कृत ढङ्गबाट समुदायलाई अगाडि बढाउन आवश्यक छ ।’ 

    426382924_3110566499076085_1168317033244344184_n.jpg
    उनले ह्युल छोंज धीँको विद्यार्थी संस्था भएको हुँदा विद्यार्थीले गर्नुपर्ने हरेक काममा मातृ संस्थाले साथ दिनेमा कहिल्यै पनि कञ्जुस्याइँ नगर्नेसमेत प्रतिवद्धता जनाए । कार्यक्रममा तमू विद्यार्थी छोंज धीँको जिल्ला समितिसहित विभिन्न क्याम्पसका इकाइ समिति तथा संघीय समितिका विभिन्न व्यक्तिहरुको समेत उपस्थिति थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend