फागुन १२ गते चितवनमा गुरुङ भाषाको चलचित्र ‘मि–थो’ प्रदर्शन हुने

images
  • 146
    SHARES
  • माघ २८, २०८० आइतबार
    फागुन १२ गते चितवनमा गुरुङ भाषाको चलचित्र ‘मि–थो’ प्रदर्शन हुने
    images

    चितवन 

    गुरुङ मातृभाषामा निर्माण गरिएको चलचित्र ‘मि–थो’ (खुल्ला आँखा) चितवनमा प्रदर्शन हुने भएको छ । तमू प्ये ल्हु संघ चितवनको संयोजनमा उक्त चलचित्रको चितवनमा प्रदर्शन हुन लागेको हो ।



    चितवनकै गुरुङ चलचित्रका कलाकार अमिर गुरुङ ‘बन्दिपुरे ठागु’को समेत अभिनय रहेको चलचित्र यहि फागुन १२ गते इन्द्रदेव चलचित्र मन्दिर नारायणगढमा प्रदर्शन गर्न लागिएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम गुरुङले जानकारी दिए । चलचित्र हेर्नको लागि ३ सय र ५ सय रुपैयाँको टिकट व्यवस्था गरिएको उनले बताए ।

    स्टार स्टुडियो प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्रको कार्यकारी निर्माता शंकर गुरुङ (बतासे) हुन् भने उनैले चलचित्रको कथा, पटकथा र संवाद लेखेका छन् ।

    यस्तै चलचित्रको निर्देशन राज बहादुर गुरुङ (राजेश)ले गरेका हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend